
काठमाडौं । बजाज मोटरसाइकलको नेपालकालागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट पल्सर राईड मेनिया प्रस्तुत गरेको छ ।
बजाजले माघ २५गते उक्त ¥याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा बुटवलका पल्सर राईडरहरुले सहभागिता जनाएका थिए । उक्त राईड मेनिया बुटवलबाट शुरु भएर रानीमहलमा पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ ।
प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल बुटवलकालागि आधिकारिक बितरक भैरब अटोमोबाइलस प्रालिले बुटवलबाट शुरु भएर नयाँ–नयाँ गन्तब्यमा राईडर्सलाई लैजान गरेको छ ।