नेपाल बैंकका सबै प्रादेशिक कार्यालय सञ्चालनमा

<p>काठमाडौं । नेपाल बैंकले  ७ प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । यस क्रममा बैकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ । यसैगरि प्रदेश नम्बर ६ र प्रदेश [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले  ७ प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

यस क्रममा बैकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ ।

यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको र हाललाई प्रदेश नं ६ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको वीरेन्द्रनगर शाखा र प्रदेश नम्बर ७ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको छ ।

स्मरण रहोस्,वि.सं. १९९४ सालमा स्थापित नेपालको अगुवा बैक नेपाल बैक लिमिटेड्ले देशका ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ्ग सेवा उपलव्ध गराउंदै आएको छ ।

Share News