जनता बैंकको नाफा ९६ प्रतिशतले वृद्धि

<p>काठमाडौं । जनता बैंकको नाफा ९६.२९ प्रतिशतले बढेको छ । २०७४ पुस मसान्तमा २७ करोड नाफा कमाएको जनताले २०७५ पुस मसान्तमा २६ करोडले बढाएर ५३ करोड पुर्याएको हो । बैंकले १ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको छ । जनता बैंकले पछिल्लो ३ महिनामा ६ अर्ब निक्षेप वृद्धि गरेको छ । असोज मसान्तमा ६२ [&hellip;]</p>

काठमाडौं । जनता बैंकको नाफा ९६.२९ प्रतिशतले बढेको छ । २०७४ पुस मसान्तमा २७ करोड नाफा कमाएको जनताले २०७५ पुस मसान्तमा २६ करोडले बढाएर ५३ करोड पुर्याएको हो । बैंकले १ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको छ ।

जनता बैंकले पछिल्लो ३ महिनामा ६ अर्ब निक्षेप वृद्धि गरेको छ । असोज मसान्तमा ६२ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा ६८ अर्ब पुर्याएको हो । असोज मसान्तमा ५८ अर्ब रहेको कर्जा लगानी पनि पुसमा बढाएर ६३ अर्ब पुर्याएको छ ।

जनताको सिसिडी रेसियो ७८.९८ प्रतिशत रहेको छ । ८ अर्ब चुक्ता पुँजी रहेको जनता बैंकको जगेडा कोषमा ३ अर्ब रुपैंयाँ रहेको छ । जनताको कस्ट अफ फण्ड ७.८० प्रतिशत छ भने आधार ब्याज दर ११.०४ प्रतिशत छ ।

१.५३ प्रतिशत खराब कर्जा रहेको बैंकको स्प्रेड दर ४.५१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १५.८७ रुपैंयाँ रहेको छ ।

Share News