काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब १७ करोड नाफा कमाएको छ । पुर्ण सरकारी स्वामित्वको बाणिज्य बैंकले २०७५ पुस मसान्तसम्म सबै भन्दा धेरै कमाउने बैंकका रुपमा नविल बैंकलाई उछिनेको छ । नविल बैंकले २ अर्ब ४ करोड नाफा कमाएको थियो ।

बाणिज्य बैंकले निक्षेप। कर्जा लगानीमा पनि नविललाई उछिनेको छ । बाणिज्यले १ अर्ब ८१ करोड निक्षेप संकलन गरेर १३४ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिसिडी रेसियो पनि ६९.२४ प्रतिशत मात्रै रहेको छ ।
बैंकले ४ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकले असोज मसान्तपछि मात्रै १३ अर्ब निक्षेप वृद्धि गरेको देखिन्छ ।
बैंकको कस्ट अफ फण्ड ३.०१ प्रतिशत छ भने खराब कर्जा ३.४० प्रतिशत छ । आधार ब्याजदर ५.६० प्रतिशत रहँदा प्रति सेयर आम्दानी ५३.५३ रुपैंयाँ रहेको छ ।