एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सहकार्य

<p>काठमाडौं । एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सौलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । एभरेष्ट बैंकका तर्फबाट एजीएम केशब राज पौडेल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट कार्यकारी साहयक सीइओ उषा पौडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा हस्ताक्षर गरेर एभरेष्ट बैंकले माइक्रो, साना तथा [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सौलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । एभरेष्ट बैंकका तर्फबाट एजीएम केशब राज पौडेल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट कार्यकारी साहयक सीइओ उषा पौडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतामा हस्ताक्षर गरेर एभरेष्ट बैंकले माइक्रो, साना तथा मझौला उद्योगका लागि दिगो आर्थिक स्थिरता र आर्थिक वृिद्घको कदम अगाडि बढाएको छ । बैंकको सन्तुष्ट ग्राहकको संख्या १० लाख भन्दा बढि रहेको छ ,जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो ।

हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News