काठमाडौं । यस साताको शुरुदेखि निरन्तर घटेको बजार आज तेश्रो दिन भने सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक २.८३ अंकले बढेर ११४७.१० अंकमा पुगेको छ ।
सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले सोमबारको तुलनामा मंगलबार ९.८८ प्रतिशत कमाएका छन् ।
बजारमा कुल १६३ कम्पनीको २३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोको २ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले घटेको हो । सोमबार अपरको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको थियो ।