५ अर्ब १६ करोडको ट्रेजरी बिल बिक्री हुँदै

<p>काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ । यस्तै एक अर्ब ९१ [&hellip;]</p>

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ ।

यस्तै एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यस्तै बैंकले सोमबार मात्रै पाँच अर्ब बराबरको रिपो बिक्रीका लागि बोलकबोल गरेको छ । पछिल्ला दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई रिपो र ट्रेजरीजस्ता वित्तीय उपकरणमार्फत तरलता उपलब्ध गराउँदै आएको छ । रासस

Share News