पप्पुलाई रोक्न राष्ट्र बैंकको ठेक्का ४५ दिन थपियो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय भवन निर्माण सम्बन्धी ठेक्काको म्याद पुनः ४५ दिन थपिएको छ । विवादास्पद पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने सुनिश्चित भएपछि पुनः ठेक्काको म्याद थपिएको हो । केन्द्रिय बैंकको भवन निर्माणका लागि आवेदन दिएका १२ कम्पनीमध्ये पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने देखिएपछि चौतर्फी विरोध भएको थियो । हाल सो ठेक्का सम्बन्धी फाइल [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय भवन निर्माण सम्बन्धी ठेक्काको म्याद पुनः ४५ दिन थपिएको छ । विवादास्पद पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने सुनिश्चित भएपछि पुनः ठेक्काको म्याद थपिएको हो ।

केन्द्रिय बैंकको भवन निर्माणका लागि आवेदन दिएका १२ कम्पनीमध्ये पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने देखिएपछि चौतर्फी विरोध भएको थियो । हाल सो ठेक्का सम्बन्धी फाइल प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।

‘हामीले आर्थिक प्रस्ताव खोलेका थियौं, पप्पुले पाउने देखिएपछि विवाद भयो र फाइल प्रधानमन्त्री कार्यालय पुगेको छ’, पुननिर्माण प्राधिकरणका सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान महर्जनले विकासन्युजसँग भने । पप्पुपछि दोश्रो र तेश्रो नम्बरमा क्रमशः सिसो समानान्तर जेभी र विकोई हेविई जेभी परेका छन् ।

सो ठेक्का प्रक्रिया आरम्भ भएको २४० दिन भैसकेको छ । प्राधिकरणले ठेक्काको म्याद ४५ दिन थपिएको हो । पप्पुले एसआरबीसीसंगको संयुक्त उपक्रम (जेभी) संग बोलपत्र पेश गरेको थियो ।

राष्ट्र बैंकको भवन बनाउन प्राविधिक प्रस्ताव पास हुने कम्पनीहरुमा क्यापसिटी गौरी पार्वती जेभी, कुमार सीएफसी जेभी, सीआर ५ स्वच्छन्द जेभी, जीआईएसी, शर्मा लाभा जेभी, जेटिक रमन जेभी, सीसो समानन्तर जेभी, बीएलके रसुवा रोशन जेभी, एसआरबीसी पप्पु जेभी, चाइना रेल्वे गजुरमुखी जेभी, बिल्ल कन्टेक जेभी, तँदी केसी जेभी र बीकोइ हेविइ जेभी रहेका थिए ।

Share News