सिग्नेचर पुल बनाउन नेपाली इन्जिनियरले पनि सिक्दै, सबैभन्दा पहिले नारायणीमाथि बन्ने

<p>काठमाडौं । सडक विभाग अन्तर्गत पुल माहाशाखाले सिग्नेचर पुल निर्माणको कामलाई अघि बढाएको छ । देशको विभिन्न स्थानमा कलात्मक पुल निर्माण गर्नका लागि महाशाखाले काम अघि बढाएको हो । पुल निर्माणका लागि माहाशाखाले अहिले अध्ययन गरिहेको छ । पुल निर्माणको लागि चिनियाँ प्राविधिक टोलीसँग छलफल भैरहेको छ । सिग्नेचर पुल नेपाल लागि नयाँ विषय भएकोले [&hellip;]</p>

काठमाडौं । सडक विभाग अन्तर्गत पुल माहाशाखाले सिग्नेचर पुल निर्माणको कामलाई अघि बढाएको छ । देशको विभिन्न स्थानमा कलात्मक पुल निर्माण गर्नका लागि महाशाखाले काम अघि बढाएको हो ।

पुल निर्माणका लागि माहाशाखाले अहिले अध्ययन गरिहेको छ । पुल निर्माणको लागि चिनियाँ प्राविधिक टोलीसँग छलफल भैरहेको छ । सिग्नेचर पुल नेपाल लागि नयाँ विषय भएकोले यस विषयको अध्ययनमा समय लागेको माहाशाखाका उप निर्देशक दीपक कुमार भट्टराईले बताए ।

‘पुल निमार्णको लागि हामीले चिनियाँ टोलीसँग अन्र्तक्रिया गरिहेका छौं, उनीहरुको सल्लाह अनुसार नै पुल डिजाइनको काम हुनेछ उपनिर्देशक भट्टराईले भने यो आर्थिक वर्षमा ४ पुलको डिजाइन फाइनल गरि मन्त्रालय पेश गर्नेछौं ।’

सिग्नेचर पुल निर्माणको लागि अन्य देशको प्रविधी नै मिल्ने भएपनि जियोग्राफी भने फरक हनेछ । पुल निर्माणबाट नेपाली इन्जिनियरहरुले पनि प्रविधि सिक्नको लागि चिनियाँ टोलीसँगै नेपाली इन्जिनियरलाई पनि सम्मिलित गरिएको छ ।

पुलको डिजाइन सबैभन्दा पहिले चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा अध्ययन गरिनेछ । चिनियाँ प्राविधिकको सहयोगमा महाखाशाले पुल निर्माणको प्रारम्भिक नमूना तयार पार्नेछ । ५०० मिटर लामो हुने यो पुल ४ लेनको हुनेछ । प्रतिमिटर २० लाख लागतमा एक अर्ब रूपैयाँमा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ ।

हाल सञ्चालनमा रहेको पुलको ठीक तल्लोपट्टी निर्माण गर्नुपर्ने अवस्था आए दुई लेनको र देवघाट आसपासमा निर्माण गर्नुपर्ने अवस्था आए चार लेनको निर्माण गर्ने तयारीमा विभाग रहेको उपमहानिर्देशक भट्टराईले जानकारी दिए ।

त्यस्तो पुललाई पानीको प्रवाहले केही असर नगर्ने प्राविधिक बुझाइ छ । वातावरणीय दृष्टिकोणले पनि जलचरको संरक्षण हुनेछ । सरकारले चितवन–नवलपरासी जोड्ने सडक र पुललाई शहरी पूर्वाधारमा राखेको खण्डमा पूर्व–पश्चिम राजमार्गलाई देवघाट आसपासबाट मोड्ने तयारीमा रहेको छ । त्यस्तो अवस्था आए पूर्व–पश्चिम राजमार्ग परिवर्तन हुने र पुल चार लेनको निर्माण हुनेछ ।

पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो ।

आयोजनाबाट नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ ।

विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्य रखेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ ।हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ ।

पुल निर्माणको लागि विश्व बैंकको सहयोग

१० सिग्नेचर पुल निर्माणको लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । बैंकले पुलहरुको निर्माणका लागि १० अर्ब रुपैंयाँ सहयोग गर्नेछ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सिग्नेचर पुल निर्माणका लागि ७० करोड रुपैंयाँ विनियोजन गरेको छ ।

यस्ता छन् १० पुल बन्ने स्थान

पुल माहाशखाले चितवन र नवलपरासी जोड्ने नारायणी नदि, रौतहट र सर्लाही जोड्ने बागमति पुल, टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा निर्माण गर्नेछ ।

त्यस्तै रुपन्देहीको तिनाउ खोला र पोखराको विजयपुर खोलामा सिग्नेचर पुल निर्माण गर्न लागेको हो । त्यस्ता पुलहरुको डिजाइन निर्माणका लागि विभागले विश्व प्रशिद्ध चिनियाँ इञ्जिनियर डिवाई चेनलाई मासिक १८ लाख पारिश्रमिक दिएर नेपाल बोलाएको छ ।

सिग्नेचर पुलहरुको निर्माण लागत प्रतिमिटर ३० लाखसम्म लाग्ने बताइन्छ । यस्ता पुलहरु अन्य साधारण पुल भन्दा ४० प्रतिशतसम्म महंगा हुनेछन् । धार्मिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेका ठाउँमा सिग्नेचर पुल निर्माण गर्न लागिएको हो । विभागले नेपालमै पहिलो पटक बानेश्वर र बबरमहल जोड्ने धोवीखोलमा आर्क ब्रिज निर्माण गरिरहेको छ ।

Share News