मार्जिन कारोबारको बाटो खुल्दा पनि लगानीकर्तामा खुसी छाएन, नेप्से ८ अंकले घट्यो

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गराएपछि पनि लगानीकर्तामा खुसी छाएको छैन । बोर्डले ब्रोकर र लगानीकर्ता आफैले ब्याजदर तोक्न सक्ने गरी उक्त कारोबारकाे लागि बाटाे खुलाएपछि पनि लगानीकर्ता उत्साहित नदेखिएको आइतबार घटेको नेप्से परिसूचकले संकेत गरेको छ । आइतबारको नेप्से परिसूचक ८.५७ अंकले घटेको छ । कारोबार शुरु भएपछि निरन्तर ओरालो [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गराएपछि पनि लगानीकर्तामा खुसी छाएको छैन । बोर्डले ब्रोकर र लगानीकर्ता आफैले ब्याजदर तोक्न सक्ने गरी उक्त कारोबारकाे लागि बाटाे खुलाएपछि पनि लगानीकर्ता उत्साहित नदेखिएको आइतबार घटेको नेप्से परिसूचकले संकेत गरेको छ ।

आइतबारको नेप्से परिसूचक ८.५७ अंकले घटेको छ । कारोबार शुरु भएपछि निरन्तर ओरालो लागेको परिसूचक अन्तत ११५३.०६ अंकमा अडिएको छ ।

परिसूचकका साथै कारोबारमा आएका अधिकांश समूह राताम्मे देखिएका छन् । सो दिन सबैभन्दा बढी जीवन बीमा समूह ३७ अंकले ओरालो लागेको छ । ट्रेडिङ् समूह सामान्य २ अंकले हरियो देखिएको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।

आइतबार कुल १६९ कम्पनीको ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी माछापुच्छ्रे बैंकको ५ करोड ९३ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । सो दिन बैंकको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता ११३ रुपैयाँ रहेको छ ।

बजारमा सबैभन्दा बढी विजया लघुवित्तको सेयर मूल्य ३.८३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सानिमा इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन् । उक्त फण्डको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.७९६ प्रतिशतले घटेको छ ।

Share News