सिटिजन्स बैंकको कोर व्याङ्किङ्ग र इ – व्याङ्किङ्ग सफट्वेयर फाइनाकलमा प्रतिस्थापन

<p>काठमाडौं । सिटिजन्स बैंकको कोर व्याङ्किङ्ग सफट्वेयर फाइनाकल भर्जन १०.२.१८ मा प्रतिस्थापन गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले बैंकको कोर व्याङ्किङ्ग सिस्टममा उक्त फाइनाकल सफट्वेयरको सुचारु भएकाे छ । ग्राहक वर्गहरुलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकको कोर व्याङ्किङ्ग सफट्वेयर फाइनाकल भर्जन १०.२.१८ मा प्रतिस्थापन गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले बैंकको कोर व्याङ्किङ्ग सिस्टममा उक्त फाइनाकल सफट्वेयरको सुचारु भएकाे छ ।
ग्राहक वर्गहरुलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको पुमोरिलभी प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीका फाइनाकल कोर व्याङ्किङ्ग सफट्वेयर भर्जन १०.२.१८मा प्रतिस्थापन गरिएको हो ।

विश्वको करिव ४५ वटा मुलुकमा यो अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ भने नेपालका अन्य वाणिज्य बैंकहरुले पनियो प्रविधिको प्रयोग गर्दै आएका छन् । फाइनाकल र अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकको हाल ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पिओएस् मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

Share News