सिद्धार्थ बैंकको भिसा कार्डमा नगद फिर्ता याेजना

<p>काठमाडौं । सिद्धार्थ बैंकले भिसा कार्डवाहक ग्राहकलाई नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक रु। ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकले रु.१सय नगद क्यास व्याक पाउने व्यवस्था रहेको छ । अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका इन्टरनेशनल प्रिपेड कार्ड, डेबिट कार्ड र [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले भिसा कार्डवाहक ग्राहकलाई नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक रु। ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकले रु.१सय नगद क्यास व्याक पाउने व्यवस्था रहेको छ ।
अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका इन्टरनेशनल प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डहरु प्रणालीमा प्रयोग गर्न सकिन्छ । इन्टरनेशनल प्रिपेड कार्ड प्रयोग गरी ग्राहकहरुले भारतिय मुद्रा बाहेक जुनसुकै मुद्रामा पनि अनलाइन कारोबार गर्न सकिन्छ ।
भने डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी नेपाली र भारतिय मुद्राहरुमा अनलाइन कारोबार गर्न पाइने छ । यस सुविधा सँगै बैंकका ग्राहकहरुले अनलाइन किनमेल, होटल बुकिङ्ग, एयर लाइन टिकेटिङ्ग, आदि जस्ता विभिन्न कार्यहरु सजिलै र सुरक्षित ढंगले प्रयोग गर्न सकिन्छ ।
सिद्धार्थ बैंककोे हाल देशभर १३७ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १४७ एटिएम र १,२०० भन्दा बढी पिओएस् मेसिन संचालनमा रहेका छन् ।

Share News