गरिमा विकास बैंक र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सबीच रेमिट सम्झौता

<p>काठमाडौं । गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात हाल [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

Share News