मेगा बैंकको नयाँ शाखा धादिङको ज्वालामुखीमा

<p>काठमाडौं । मेगा बैंकका नयाँ शाखा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा औपचारिक रुपमा उदघाटन भएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिनाले गरेका हुन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास रहेको छ । बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक [&hellip;]</p>

काठमाडौं । मेगा बैंकका नयाँ शाखा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा औपचारिक रुपमा उदघाटन भएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिनाले गरेका हुन ।
मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास रहेको छ । बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताए । उक्त शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको प्रबन्धक दवाडीले बताए ।

धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यस अघिदेखि नै धादिङबेशी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । हाल देशभरि मेगा बैंकको १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३०० भन्दा बढी मेगा रेमिट एजेण्ट रहेका छन् ।

Share News