काठमाडौं । आरपी ग्रुपले पहिलोपटक व्यवसाय विस्तार क्यानेडियन फुटवेयर एण्ड एस्सेसोरिज ब्रान्ड एपीको शोरुम ललितपुरको जावलाखेलमा सञ्चालन गर्ने भएको छ । हालको मिस नेपाल वल्ड श्रृंखला खतिवडा र पूर्वमिस नेपाल मलिना जोशीले संयुक्त रूपमा उक्त शोरुमको उद्घाटन गरेका हुन् ।
उद्घाटनको अवसरमा व्यवसाय विस्तार गर्न एपीको शोरुममा माघ २५ गतेसम्म प्रत्येक सामानको खरिदमा १० प्रतिशत छुटको व्यवस्था रहेको छ । साथै शोरुममा हरेक सामानहरुको १ वर्षको वारेन्टी रहेको छ ।

नयाँ युवापुस्ताको ध्यानलाई मध्यनजर गर्दै आरपी ग्रुपले ब्रान्डेड एपीका सामानहरु नेपाली बजारमा विस्तार गर्ने भएकाे छ । आगामी ६ महिनाभित्र ब्रान्डको शोरुम काठमाडौंको दरबारमार्ग, इटहरी र पोखरामा पनि विस्तार गर्ने जानकारी गराएका छन् ।
फेसनेबल कपडा, जुत्ता ब्याग, सुटकेश, पर्स, बेल्ट लगायतका वस्तुहरु बिक्रि गर्ने आरपी ग्रुपका काठमाडौंको र लालितपुरका विभिन्न ठाँउमा संचालनमा रहेका छन् ।