काठमाडौं । गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीेमा नयाँ शाखाको उद्घाटन भएको छ । प्रमुख अतिथि प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सीप्रसाद चौधरीले सो शाखाको उद्घाटन गरेका हुन् ।
बैंकका सञ्चालक वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरी , शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री पुण्यराम गौतम एवंम समाजसेवी शिवराम न्यौपानेले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए । बैंकका प्रबन्धक मिलनकुमार पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी आविष्कार खनालले गरेका थिए ।
हाल बैंकका ७७ वटा शाखा कार्यालय मार्फत विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सि एएसविए, आईपिएस, मोबाइबाट बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आएको छ ।