बैंकरलाई केवाईसीको सकस, गभर्नर भन्छन्: यसले नि काम गरेन

<p>काठमाडौं । बैंकर्स संघ र विकास बैंक एसोसिएसनका अध्यक्षहरुले केवाईसीका कारण बैंक र उपभोक्तालाई सकस भएको बताएका छन् । केवाईसीले राम्रो नतिजा दिन नसकेको भन्दै उनीहरुले यसलाई परिमार्जन गरिनु पर्ने बताएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले पनि केवाईसीले काम नगरेको बताए । बैंक तथा वित्तीय संस्थामा सम्पति सुदृढीकरण निवारण सम्बन्धि चौथो सम्मेलनको [&hellip;]</p>

काठमाडौं । बैंकर्स संघ र विकास बैंक एसोसिएसनका अध्यक्षहरुले केवाईसीका कारण बैंक र उपभोक्तालाई सकस भएको बताएका छन् । केवाईसीले राम्रो नतिजा दिन नसकेको भन्दै उनीहरुले यसलाई परिमार्जन गरिनु पर्ने बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले पनि केवाईसीले काम नगरेको बताए । बैंक तथा वित्तीय संस्थामा सम्पति सुदृढीकरण निवारण सम्बन्धि चौथो सम्मेलनको राजधानीमा उद्घाटन गर्दै गभर्नर नेपालले सम्पत्ति सुदृढीकरण निवारण न्यूनीकरणमा केवाईसीले सहयोग नपुगेको बताएका हुन् ।

आन्तरिक व्यवस्थापन, अडिट रिपोर्ट, रेगुलेसन र सुपर भिजनका कारण सम्पत्ति सुदृढीकरण बढेको नेपालले बताए । उनले छ महिनामा सम्पती सुदृढीकरणका ८८७ वटा अध्ययन गरेको र ३१२ वटा कारोबारलाई कारवाही लागि सम्बन्धित निकायमा पठाइएको जानकारी दिए ।

बैंकहरुले प्रयोग गरिरहेको प्रविधिले पनि सम्पत्ति सुदृढीकरणको जोखिम वृद्धि गरेको गर्भरनर नेपालले दाबी गरे । बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले केवाईसीका कारण बैंकमा नयाँ उपभोक्ता नआएको बताए । उनले सानो कारोबार गर्ने उपभोक्तालाई केवाईसीले हैरानी दिएको पनि बताए । वर्षेनी एकै प्रकारको विवरण भराउनु उपयुुक्त नहुने बताए ।

आम्दानी र त्यसको श्रोत, ठेगाना मात्रै हेर्नू पर्ने उनको भनाइ छ । ढुङ्गानाले केवाईसीको केन्द्रिय तथ्यांक व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । उनले सम्पती शुद्धिकरण प्रमाणपत्र एएमएल सर्टीफिकेटको आवश्यकता परिसकेको पनि बताए ।

विकास बैंक एसोसिएसनका अध्यक्ष गोबिन्द ढकालले पनि केवाईसीका कारण नयाँ ग्राहक बिच्किएको बताए । नेपाल बैकिङ ईन्स्टिच्युटका सीईओ सन्जिब सुब्बाले सम्पती शुद्धिकरण पेचिलो विषय बन्दै गएको बताए ।

कार्यक्रममा भारत र बङगलादेशका विज्ञले सम्पत्ति सुदृढीकरण बारे आफ्ना अनुभव राखेका छन् । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको सम्बन्धित विभागका कर्मचारीहरुको सहभागिता रहेको छ ।

Share News