काठमाडौं । एनएमबी बैंकले ६ महिनामा ९७ करोड नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आर्थिक बर्षको पहिलो ६ महिनाको तुलनामा ३ करोड रुपैंयाँले कम हो । सो अवधीमा बैंकले १ अर्ब नाफा कमाएको थियो ।
एनएमबीले चालु आवको पुस मसान्त अवधीमा ८८ अर्ब निक्षेप संकलन गरेर ८५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७८.९५ प्रतिशत पुगेको छ ।
एनएमबीले २ अर्ब ११ करोड रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ । ८ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ३७ करोड रुपैंयाँ रहेको छ ।
बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ भने आधार ब्याजदर १०.११ प्रतिशत छ । बैंकको कष्ट अफ फण्ड ७.३२ प्रतिशत छ भने प्रति सेयर आम्दानी २५.५५ रुपैंयाँ रहेको छ ।