एक नम्बरको प्रतिष्पर्धामा पाँच बाणिज्य बैंक, स्थापितलाई टक्कर दिँदै एनआईसी एसिया र ग्लोबल

<p>काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनाको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक हुँदा पाँच वटा बैंक एक नम्बरका लागि कडा प्रतिष्ष्पर्धा गरिरहेका छन् । निक्षेप, कर्जा लगानी र खुद ब्याज आम्दानी जस्ता आधारभुत गणनामा पाँच बैंकबीच कडा टक्कर रहेको देखिन्छ । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई र एनआईसी एसिया बैंकले खरो प्रतिष्पर्धामा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनाको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक हुँदा पाँच वटा बैंक एक नम्बरका लागि कडा प्रतिष्ष्पर्धा गरिरहेका छन् । निक्षेप, कर्जा लगानी र खुद ब्याज आम्दानी जस्ता आधारभुत गणनामा पाँच बैंकबीच कडा टक्कर रहेको देखिन्छ ।

नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई र एनआईसी एसिया बैंकले खरो प्रतिष्पर्धामा देखिएका हुन् । नविल र नेपाल इन्भेष्टमेन्ट र एभरेष्ट बैंकबीचको प्रतिष्पर्धामा नयाँ खेलाडीका रुपमा एनआइसी एसिया र ग्लोबल आइएमई थपिएका छन् ।

नाफामा केहि पछि परेपनि निक्षेप र कर्जा लगानीमा एनआइसी एसिया बैंकले सबै बैंकलाई उछिनेको छ । एनआइसी एसिया बैंकले १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब कर्जा लगानी गरेको छ। जबकी नविल बैंकको निक्षेप १ खर्ब ४३ अर्ब र कर्ज लगानी १ खर्ब ३० अर्ब मात्रै रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप १ खर्ब ४१ अर्ब छ भने कर्जा लगानी जम्मा १ खर्ब २७ अर्ब कर्जा लगानी गरेको छ । एभरेष्ट बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोे देखिन्छ । ग्लोबल आइएमई बैंकले पनि आफुलाई शिर्ष बैंकको दौडमा अब्बल बनाउँदै लगेको छ । ग्लोबलको निक्षेप १ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २ अर्ब कर्जा लगानी गरेको छ ।

खुद ब्याज आम्दानीमा भने अझैसम्म नविल बैंक नै अगाडी रहेको छ । नविलले ३ अर्ब ६१ करोड खुद ब्याज आम्दानी गरेको छ भने एनआइसी एसियाको ३ अर्ब ६० करोड रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले भने ३ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ ।
एभरेष्ट बैंकले २ अर्ब ६७ करोड खुद ब्याज आम्दानी गर्दा पाँचौं नम्बरमा भने हिमालयन बैंक आईपुगेको छ । हिमालयनको खुद ब्याज आम्दानी २ अर्ब ४९ करोड पुगेको छ । २ अर्ब ३८ करोड खुद ब्याज आम्दानीका आधारमा ग्लोबल आइएमइ बैंक छैठो स्थानमा देखिन्छ ।

नफाका आधारमा पनि नविल बैंक नै एक नम्बरमा रहेको छ । नविलले २ अर्ब ४ करोड खुद नाफा गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७२ करोड नाफा गरेको छ । एनआइसी एसियाको नाफा १ अर्ब २६ करोड रहेको छ भने चौथो नम्बरमा हिमालयन बैंक आईपुगेको छ । हिमालयनको नाफा १ अर्ब १६ करोड पुगेको छ । पाँचौं नम्बरमा ग्लोबल आइमएइ बैंकले १ अर्ब १२ करोड नाफा गरेको देखिन्छ ।

नाफाका आधारमा छैठौं नम्बरमा प्रभु बैंक परेको छ, प्रभुले १ अर्ब ८ करोड नाफा गरेको छ । एभरेष्ट बैंक भने सातौं नम्बरमा पुगेको छ । एभरेष्टले चालु आवको ६ महिनामा १ अर्ब ४ करोड मात्रै नाफा गरेको देखिन्छ । नाफाका हिसाबले सानिमा बैंक पनि टप ८ मा आईपुगेको छ । सानिमाले ६ महिनामा ९४ करोड खुद नाफा गरेको देखिन्छ ।

उत्कृष्ठ रहँदै आएका स्थापित बैंकहरुलाई यसपालीदेखि एनआइसी एसिया र ग्लोबल आइएमइ बैंकले कडा टक्कर दिएका छन् । नाफाको मुल आधारका रुपमा रहेको निक्षेप संकलन र कर्जा लगानीका हिसाबले एनआइसी एसिया बैंकले अन्य बैंकहरुलाई पछि धकेलिसकेको छ । खराब कर्जाको मात्रालाई राम्रो व्यवस्थापन गर्न सके एनआइसी एसिया बैंकले अन्य बैंकलाई राम्रै चुनौती दिने देखिन्छ । ग्लोबल आइएमई बैंक, हिमालयन बैंकले पनि आफुलाई अब्बल बनाउँदै लगेका छन् ।

Share News