ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ६० हजार भन्दा बढि खाताबाट रु. साढे २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।