होटल संघले हटाएन १० प्रतिशत सेवा शुल्क, रेवानको निर्णय बिरुद्ध मजदुर संगठन आन्दोलित

<p>काठमाडौँ । रेष्टुरेन्ट एण्ड बार एशासियशन नेपाल(रेवान)ले ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णय गरेपनि होटल एशोसियशन नेपाल(हान)ले भने सेवा शुल्क लिइरहेको छ । गत सोमबार रेवानले काठमाण्डौ, पोखरा र सौराहका रेष्टुरेन्टहरुमा १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेको थियो । रेवानका केन्द्रीय अध्यक्ष प्रमोद जैसवालले आफूहरु सो निर्णय कार्यान्वयन गराउन लागेको र आफ्ना सदस्य रेष्टुरेन्ट [&hellip;]</p>


काठमाडौँ । रेष्टुरेन्ट एण्ड बार एशासियशन नेपाल(रेवान)ले ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णय गरेपनि होटल एशोसियशन नेपाल(हान)ले भने सेवा शुल्क लिइरहेको छ । गत सोमबार रेवानले काठमाण्डौ, पोखरा र सौराहका रेष्टुरेन्टहरुमा १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेको थियो । रेवानका केन्द्रीय अध्यक्ष प्रमोद जैसवालले आफूहरु सो निर्णय कार्यान्वयन गराउन लागेको र आफ्ना सदस्य रेष्टुरेन्ट बारहरुले १० प्रतिशत सेवा शुल्क हटाउन थालेको बताए ।

रेवानले सेवा शुल्क हटाएपनि होटल एशोसियशन नेपाल(हान)ले भने सेवा शुल्क यथावत् रुपमा लिइरहेको छ । रेवानको निर्णयप्रति हान मौन रहेको छ । मजदुर संगठनसँग भएको संझौता लागु गर्छौँ, अरुले के गर्छन् थाहा भएन, तर हाम्रा सदस्य होटलहरुमा सेवा शुल्क लिइन्छ–हान केन्द्रीय समितिका एक पदाधिकारीले बताए ।

ग्राहकसँग लिंदै आएको सेवा शुल्क हटाउने रेवानको निर्णयप्रति बिरोध जनाउँदै मजदुर संगठन आन्दोलित भएको छ । तर, रेवानका अध्यक्ष जैसवाल भने-हामी निर्णयबाट पछि हट्दैनौं । मजदुरहरुले पाउँदै आएको सेवा शुल्क बापतको रकम होटल सञ्चालकले के कसरी हुन्छ मजदुरलाई उपलब्ध गराउँछौँ । अध्यक्ष जैसवालले भने–हामीले उपभोक्ता हितको कुरालाई ध्यान दिंदै १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेका हौँ ।

अहिले रेवानका सदस्य रेष्टुरेन्टहरुका मजदुरहरु खुशी छन्, उनीहरुलाई होटल सञ्चालकले नै त्यसबापतको रकम दिने भएपछि किन वेखुशी हुनु ? अध्यक्ष जैसवालले भने । अध्यक्ष जैसवालका अनुसार काठमाण्डौ, पोखरा र सौराहमा रहेका रेवानका करीब ५०० रेष्टुरेन्टहरुमा अब सेवा शुल्क बापतको रकम लिइदैन । यो कार्यान्वयनमा गइसक्यो, केहीमा मात्र कार्यान्वयनको चरणमा छ ।

यसैगरी रेवान सौराहका अध्यक्ष गोकर्ण गिरीले आफ्ना सदस्य रहेका ५२ रेष्टुरेन्टहरुमा सेवा शुल्क लिन बन्द गरिएको बताए । रेवान सम्बद्ध रेष्टुरेन्टमा कार्यरत मजदुरहरु खुशी साथ काम गरिरहेका उनले बताए । उपभोक्ताहीतलाई ध्यानमा राख्दै उक्त निर्णय लिएको र सेवा शुल्क हटाएसँगै अझै गुणस्तरीय सेवा प्रदान गर्ने रेवानले जनाएको छ । यस निर्णयले ग्राहकहरुपनि खुशी भएका छन् । यसअघि कतिपय रेष्टुरेन्टका मेनुमा एउटा रेट उल्लेख हुने र पैसा तिर्दा सेवा शुल्क बापत थप १० प्रतिशत रकम भुक्तानी गर्नु पर्ने अवस्था थियो ।

मजदुर आन्दोलित, २४ घण्टे अल्टिमेटम
एकातफै ग्राहक खुशी भएका छन् भने अर्कातर्फ रेष्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णय फिर्ता लिन माग गर्दै मजदुर संगठनहरु आन्दोलित भएका छन् । बुधबार काठमाडौंको दरबारमार्गमा भएको तीन मजदुर संगठनको भेलाले रेवानलाई निर्णय फिर्ता दिन २४ घण्टे अल्टिमेटम दिएको हो ।

होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघ र नेपाल स्वतन्त्र होटेल संघले सेवा शुल्क हटाउने रेवानको निर्णयमा असहमति जनाएका हुन् । अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघका महसचिव मुक्ती दाहालले निर्णय फिर्ता नलिए कारवाहीमा उत्रिने चेतावनी दिएका थिए । मजदुर संगठनका नेताहरुले रेवानले गरेको सेवा शुल्क फिर्ता लिने निर्णयको प्रतिलिपी जलाएर विरोध जनाएका थिए ।

२०६३ सालदेखिदेखि ग्राहकबाट १० प्रतिशत अनिवार्य शुल्क लिन थालिएको थियो । केही महिना अघि होटल संघ नेपाल र मजदुरबीच ग्राहकबाट लिइने १० प्रतिशत सेवा शुल्क भागबण्डा गर्ने सहमति भएको थियो । ७२ प्रतिशत कामदारलाई, २३ प्रतिशत प्रतिष्ठानलाई, ३ प्रतिशत तीन ठूला ट्रेड युनियनलाई र २ प्रतिशत होटल संघलाई दिने सहमति थियो ।

Share News