गरिमा विकास बैंकले लाजिम्पाट शाखाबाट वैदेशिक मुद्राको कारोबार थाल्याे

<p>काठमाडौं । गरिमाविकास बैंक लिमिटेडले बैदेशिकमुद्राको कारोबार सुरुवात गरेको छ । विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विकास बैंकको शाखा कार्यालय लाजिम्पाटबाट यो सेवाको उद्घाटन गरेका हुन् । यस सुविधा अन्र्तगत विकास बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्ट बापतको सटही सुविधा प्राप्त गर्ने छन । गरिमा विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा [&hellip;]</p>

काठमाडौं । गरिमाविकास बैंक लिमिटेडले बैदेशिकमुद्राको कारोबार सुरुवात गरेको छ । विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विकास बैंकको शाखा कार्यालय लाजिम्पाटबाट यो सेवाको उद्घाटन गरेका हुन् । यस सुविधा अन्र्तगत विकास बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्ट बापतको सटही सुविधा प्राप्त गर्ने छन ।

गरिमा विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा पर्साको वीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।

विकास बैंकले आर्थिक बर्ष २०७५र७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा रु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गतबर्षको तुलनामा नाफामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ ।

Share News