२ हजार ३ सय गुठीबाट वार्षिक २५ करोड आम्दानी, खर्च के मा हुन्छ ?

<p>काठमाडौँ । मुलुकभर रहेका २ हजार ३ सय ८६ वटा गुठीबाट वार्षिक २५ करोड रुपैयाँ आम्दानी हुने गरेको छ । गुठी संस्थान नाममा देशभर १५ लाख रोपनी जमिन रहेको छ । जमिनसंगै भौतिक संरचनापनि गुठीको नाममा रहेको गुठी संस्थानले जनाएको छ । गुठी संस्थानका नाममा रहेको जमिन र भौतिक संरचना भाडामा दिएर बार्षिक रुपमा २५ [&hellip;]</p>


काठमाडौँ । मुलुकभर रहेका २ हजार ३ सय ८६ वटा गुठीबाट वार्षिक २५ करोड रुपैयाँ आम्दानी हुने गरेको छ । गुठी संस्थान नाममा देशभर १५ लाख रोपनी जमिन रहेको छ । जमिनसंगै भौतिक संरचनापनि गुठीको नाममा रहेको गुठी संस्थानले जनाएको छ । गुठी संस्थानका नाममा रहेको जमिन र भौतिक संरचना भाडामा दिएर बार्षिक रुपमा २५ करोड आम्दानी हुने गरेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए ।

गुठी गैर नाफामूखी संस्था हो । गठीका नाममा रहेको जमिति र भौतिक संरचना भाडामा दिए बापत संकलन हुने रकमबाट मठमन्दिर, पाटीपौवा, धर्मशाला, बाटोघाटो, धारा, कुवा स्थापना गरी गरिन्छ । तीर्थयात्री, जोगी, सन्यासी आदिलाई सहयोग गर्ने र सार्वजनिक अस्पताल, विद्यालय आदि निर्माणमा सहयोग गर्दै आएको प्रवक्ता थपलियाले बताए ।

के हो गुठी ?
विभिन्न देवीदेवताको पर्व, पूजा, जात्रा चलाउन वा मठ मन्दिर, देवस्थल जस्ता धार्मिक तथा सामाजिक परोपकारी र साँस्कृतिक कार्यको लागि दाताले आफ्नो हक छाडी राखी दिएको सम्पत्तिलाई गुठी भनिन्छ । विभिन्न वर्ग, जातजातिका मानिसहरुबीच सुसम्बन्ध कायम राख्ने उद्देश्यले गुठी संस्थानको स्थापना गरिएको हो ।

गुठी भनेको जग्गाजमिन र भोग नभएर कला, संस्कृति, परम्परा र धर्मको समग्र पहिचान एवम् समाजको जीवन पद्धति हो । राजगुठी र निजी गरी गुठी दुई प्रकारका हुन्छन् । देशभरी रहेका २ हजार ३ सय ८६ वटा गुठी राजगुठीको नामले चिनिंदै आएका छन् ।

कसरी शुरु भयो ?
उपत्यकामा लिच्छवीकालदेखि सामाजिक कार्य सम्पादन गर्न गोष्ठी हुन्थ्यो । त्यस समयमा अर्पण गरिएका जग्गा पाञ्चालीबाट सामाजिक कार्य हुने गथ्र्यो । वि.स २००७ साल अघिसम्म राजगुठी अन्तरगत अमानतमा संचालित गुठी बन्दोवस्त अड्डाबाट हुँदै आएको थियो । गुठीको उद्देश्य परम्परागत मठ मन्दिर एवम् संस्कृतिको संरक्षण गर्ने हो-प्रवक्ता थपलियाले भने ।

हाल गुठीका संस्थानका शाखाहरु भद्रकाली, पशुपति, काभ्रे, ललितपुर, जनकपुर, महोत्तरी, वीरगञ्ज, भक्तपुर र बानेश्वरमा रहेका छन् । देशभरी ६९ वटा जिल्ला गुठी विस्तार भएको छ । ताप्लेजुङ, पाँचथर, मुस्ताङ, मुगु, सोलुखुम्बु, चितवन, पश्चिम रुकुममा जिल्ला गुठी नरहेको प्रवक्ता थपलियाले बताए ।

Share News