चक्रपथमा ४० सिटका आधुनिक विद्युतीय बस, मोबाइलबाटै भाडा तिर्न सकिने

<p>काठमाडौं । चक्रपथमा ४० सिट क्षमताका आधुनिक विद्युतीय बस गुड्ने भएका छन् । बसमा थप ४० जनाका लागि उभिन पुग्ने ठाउँ रहनेछ । सुन्दर यातायात प्रालीले चक्रपथमा सुविधा सम्पन्न विद्युतिय बस गुडाउन लागेको हो । चीनको बिएके कम्पनीले निर्माण गरेको विद्युतिय बस एक पटक चार्ज गर्दा २६८ किलोमिटर गुड्ने सुन्दर यातायातका अध्यक्ष भेष थापाले जानकारी [&hellip;]</p>

काठमाडौं । चक्रपथमा ४० सिट क्षमताका आधुनिक विद्युतीय बस गुड्ने भएका छन् । बसमा थप ४० जनाका लागि उभिन पुग्ने ठाउँ रहनेछ । सुन्दर यातायात प्रालीले चक्रपथमा सुविधा सम्पन्न विद्युतिय बस गुडाउन लागेको हो । चीनको बिएके कम्पनीले निर्माण गरेको विद्युतिय बस एक पटक चार्ज गर्दा २६८ किलोमिटर गुड्ने सुन्दर यातायातका अध्यक्ष भेष थापाले जानकारी दिए ।

कम्पनीले ३ वटा बस नेपाल ल्याईसकेको छ भने चार्जिङ स्टेशन पनि झिकाईसकेको छ । एउटा बसको मूल्य १ करोड ८७ लाख पर्छ । यी बसहरुमा मोबाइलबाटै भाडा तिर्न सकिन्छ । त्यसका लागि कम्पनीले ‘सुन्दर यातायात भेइकल रिचार्ज’, नामको एप्स निर्माण गरिरहेको छ ।
‘४० सिट क्षमताका आधुनिक विद्युतिय बस गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ, बसमा एप्सबाटै भाडा तिर्न सकिन्छ’, सुन्दर यातायातका अध्यक्ष थापाले विकासन्युजसँग भने । ३ वटा बस ल्याईसकेको कम्पनीले थप १० वटा बस ल्याउने प्रक्रिया अघि बढाईसकेको छ ।

१३ जना युवा उद्यमी मिलेर उनीहरुले काठमाडौं पछि पोखारा, बुटवल र चितवनको शहरी क्षेत्रमा विद्युतिय बस सञ्चालन गर्ने योजना बनाएका छन् । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट विद्युतिय बस सञ्चालन गर्न लागिएको तर सरकारले अपेक्षाकृत सहयोग नगरेको गुनासो पनि थापाले पोखे ।

यस अघि साझा यातायातले विद्युतिय बस ल्याएको भए पनि गुणस्तरमा समस्या देखिएपछि फिर्ता पठाईएको छ । सरकारले विद्युतिय सवारी साधनमा भन्सार छुट दिएको छ तर चार्जिङ स्टेशनको भन्सारमा छुटमा भने आनाकानी भैरहेको थापाले जानकारी दिए ।

रघुविरको अर्घेल्याई

विद्युतिय सवारी साधनको प्रवद्र्धनमा वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ तगारो बनेको आरोप पनि उनीले लगाए । सरकारले आफ्नो नीति तथा कार्यक्रम, बजेत वत्तव्य र बामपन्थी घोषणा पत्रमै उल्लेख गरिएका व्यवस्थाहरुको कार्यान्वयनमा मन्त्रीले चासो नदेखाएको थापाले बताए । ‘सरकारको नीति तथा कार्यक्रममै ५ बर्षभित्र विद्युतिय सवारी साधनहरुको हिस्सा २० प्रतिशत पुर्याउने भनिएको छ, तर वर्तमान मन्त्रीले चासो देखएका छैनन्’, थापाले आरोप लगाए ।

उनका अनुसार विद्युतिय बसका लागि आवश्यक पर्ने चार्जिङ स्टेशनका उपकरण आयातमा मन्त्रालयले सहुलियत दिन आनाकानी गरिरहेको छ । त्यसमा मन्त्री महासेठले नै अनिच्छा देखाएका हुन् । ‘चार्जिङ स्टेशनका उपकरणमा भन्सार छुट दिन भन्सार विभाग तयार छ, यातायात व्यवस्था विभाग पनि पत्र लेख्न तयार छ तर मन्त्री आफैं सकारात्मक छैनन्, हामीले पटक पटक कुरा राख्यौं तर काम भएन’, थापाले आक्रोस पोखे ।

Share News