सुबिसुको एलेक्जा सेट अफ बक्स, जे भन्यो तेहि मान्ने, मूल्य ५००० भन्दा कम

<p>काठमाडौं । सुबिसुले म्याजिक सेटअप बक्स् ल्याएको छ । बोलेरै टीभी, किताब, गित सुन्न मिल्ने सेटअप बक्स् ल्याएको हो । सेटअप बक्स् जुनसुकै टेलिभिजन सेटमा फिट गर्न सकिने सुबिसुका प्रेसिडेन्ट सुधिर पराजुलीले बताए । उनका अनुसार सेटअप बक्स टीभीमा जडान गरेपछि जुनसुकै कुरा सोध्न, पढ्न र हेर्न सकिनेछ । सेटअप बक्सलाई एक मपिहनाभित्रै बजारमा ल्याउने [&hellip;]</p>

काठमाडौं । सुबिसुले म्याजिक सेटअप बक्स् ल्याएको छ । बोलेरै टीभी, किताब, गित सुन्न मिल्ने सेटअप बक्स् ल्याएको हो ।
सेटअप बक्स् जुनसुकै टेलिभिजन सेटमा फिट गर्न सकिने सुबिसुका प्रेसिडेन्ट सुधिर पराजुलीले बताए । उनका अनुसार सेटअप बक्स टीभीमा जडान गरेपछि जुनसुकै कुरा सोध्न, पढ्न र हेर्न सकिनेछ ।

सेटअप बक्सलाई एक मपिहनाभित्रै बजारमा ल्याउने तयारी गरेको छ । जसको मूल्य ५ हजार भन्दा बढी नपर्ने कम्पनीले जानकारी दिएको छ । मुल्याङकन र बजारको अध्ययन गरी छिट्टै बजारमा ल्याउने तयारी सुबिसुको रहेको छ । भारतमा निर्मित सेटअप बक्स सबैभन्दा पहिला नेपालमा उद्घाटन गरिएको हो ।

सर्वप्रथम एलेक्जा स्मार्ट सेटअप बक्स टीभीमा जडान गर्नुपर्नेछ टीभीमा जडान गर्नुपर्नेछ । यसको लागि इन्टरनेट पनि आवश्यक रहन्छ । जडान गरिसकेपछि सेटअपमा आउने सानो रिमोटमा बोल्नु पर्नेछ । यसरी बोल्दा अग्रेजी भाषामा बोल्नु पर्नेछ । एलेक्जाले बोलीको आधारमा गुगलबाट खोजेर विभिन्न सेवा दिनेछ ।

बोलीबाटै टीभी च्यानल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगित, समान्य ज्ञान, किताब पढ्न समेत मिल्नेछ । यो प्रविधि नेपालमै पहिलो पटक भित्रिएको कम्पनीको दाबी छ । एलेक्जा सेटअप बक्स सम्पुर्ण सुबिसु सेन्टरहरुमा उपलब्ध हुनेछन् ।

 

Share News