वृद्ध भत्ता मासिक ५०० रुपैंयाँले बढेको छ-अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता मासिक पाँच सय रुपैंयाँका दरले वृद्धि गरेको दावी गरेका छन् । आगामी आर्थिक बर्षका लागि संसदमा पेश गरिएको बजेटका बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले वृद्ध भत्ता बढाएको दावी गरेका हुन् । डा. खतिवडाले गरेको दावी उनकै शब्दमा पाँच बर्षमा जेष्ठ नागरिकको भत्ता दोब्बर बनाउने भनिएको [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता मासिक पाँच सय रुपैंयाँका दरले वृद्धि गरेको दावी गरेका छन् । आगामी आर्थिक बर्षका लागि संसदमा पेश गरिएको बजेटका बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले वृद्ध भत्ता बढाएको दावी गरेका हुन् ।

डा. खतिवडाले गरेको दावी उनकै शब्दमा
पाँच बर्षमा जेष्ठ नागरिकको भत्ता दोब्बर बनाउने भनिएको छ र युवराज खतिवडा आफैं पनि घोषणा पत्र लेखनमा बसेको मान्छे हो । मैले त्यहि बेला देखि नै भन्दै आएको छु की सामाजिक सुरक्षाका धेरै स्किम हुन्छन् । भत्ता दिने, बीमा गर्ने र आवास बनाइदिने । हामी अहिले बीमा गरिदिने स्किमबाट अघि बढेका छौं । भोली आबासमा पनि जान्छौं । अहिले आवास नभएका वृद्धवृद्धालाई आवास दिने पनि भनेका छौं । आवास र स्वास्थ्य बीमा जोड्ने हो भने भत्ता बढाएको जस्तै देखिन्छ ।

एक लाख रुपैंयाँको निशुल्क जीवन बीमा गर्ने भनेको ६।७ हजार त पर्छ नै । त्यसरी हेर्ने हो भने पाँच सय रुपैंयाँ त महिनाको यसै पनि बढ्यो नै । बुढाबुढीको सबै भन्दा धेरै खर्च हुने भनेको त्यहि स्वास्थ्यमा हो । खान त कति नै खाइन्छ र ? त्यो स्वास्थ्यको हेरचार सरकारले गरिदिन्छ । म अग्रज बुवाआमाहरुलाई आग्रह गर्न चाहान्छु, अब छोरा छोरीले तपाईहरु बिरामी हुँदा हस्पिटल नलगिकन पैसा छैन भनेर बस्दैनन् । हस्पिटलसम्म पुर्याउँछन र त्यहाँ निःशुल्क उपचार हुन्छ । वृद्ध भत्तालाई स्वास्थ्यसँग जोडेर अघि सारिएको कुरा त्यसरी नै बुझिदिनुहुन अग्रज बुवाआमाहरुलाई आग्रह गर्दछु ।

Share News