लहान र भिमसेन थापामा मेगा बैंक, दुई सातामै १० वटा शाखा खोल्न सफल

<p>काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । बैंकले सिरहाको लहान र गोरखाको भिमसेन थापामा शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । बैंकले सिरहाको लहान र गोरखाको भिमसेन थापामा शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो ।

यी शाखासहित बैंकको शाखा कार्यालय ९३ पुगेको छ । हाल बैंकको ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

Share News