काठमाडौं । महानगरीय प्रहरी वृत्त दरवारमार्ग, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक बीरेन्द्रबहादुर ऐडी पक्राउ परेका छन् । ऐडी भ्रष्ट्राचारको आरोपमा पक्राउ परेका हुन् ।

उनले व्यवसायीहरुसँग मासिक रुपमा रकम नदिए व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो बनाइदिने डर र धम्की देखाई सेवाग्राहीसँग घुस माग्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
व्यवसायीहरुसँग पटक पटक रकम असुली गर्दै आएका ऐडी पछिल्लो पटक रिचमण्ड फूड क्याफे महाराजगञ्ज २४ हजार घुस लिदैं गर्दा पक्राउ परेका हुन् । अब उनी बिरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्ट्राचार सम्बन्धी मुद्धा दायर हुने अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।