काठमाडौं । सरकारले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने भएको छ । सरकारले आगामी आर्थिक बर्षदेखि शैक्षिक प्रमणपत्र धितो राखेर ५ प्रतिशतसम्म ब्याज अनुदानमा ७ लाखसम्म ऋण दिने भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड विनियोजन विनियोजन गरिएको छ । अर्थमन्त्रीले यसै आर्थिक वर्षमा रोजगारी प्रत्याभूति विधेयक पेश हुने बताएका छन् ।
विना धितो परियोजनामा आधारित कर्जा १० लाख रुपैयाँसम्म प्रवाह गरिने भएको छ । त्यस्ताे परियाेजनामा भएकाे लगानी सुरक्षित बनाउन बीमा गरिने भएकाे छ । त्यस्तै सरकारले न्यूनतम ज्याला वृद्धि गर्ने भएको छ ।