राजधानीमा पेट्रोलियम पदार्थको अभाव, डिलर्सले लुकाए

<p>काठमाडौं । मूल्य बढ्ने सम्भावना भएपछि राजधानीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । भारतमा पेट्रोलियम पदार्थको भाउ बढेसँगै नेपाली बजारमा उपभोक्ताहरुले पेट्रोल डिजेल लगायतको अभाव बजेटकै मुखमा वेहोर्नु परेको हो । नेपाल आयल निगमले पर्यायप्त बजारमा मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको बताएको छ । निगमले त्यसो भनिरहदा उपभोक्ताले भने पेट्रोल र डिजेल पाउन लाइन लाग्नु [&hellip;]</p>

काठमाडौं । मूल्य बढ्ने सम्भावना भएपछि राजधानीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । भारतमा पेट्रोलियम पदार्थको भाउ बढेसँगै नेपाली बजारमा उपभोक्ताहरुले पेट्रोल डिजेल लगायतको अभाव बजेटकै मुखमा वेहोर्नु परेको हो ।

नेपाल आयल निगमले पर्यायप्त बजारमा मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको बताएको छ । निगमले त्यसो भनिरहदा उपभोक्ताले भने पेट्रोल र डिजेल पाउन लाइन लाग्नु परेको छ । त्यसैबाट पनि पेट्रोलियम डिलर्सहरुले पेट्रोल लुकाएको स्पष्ट हुने सरोकारवलाहरुको आरोप छ ।

अहिले बजारमा पेट्रोलियम पदार्थ भर्नका लागि सवारी साधनको लाइन लाग्नु परेको छ । उपभाेक्ताहरुले सवारी साधनमा पेट्रोल र डिजल भर्न कठिनाइ भोग्नु परेको बताएका छन् । अघिल्ला, पछिल्ला दिनहरुभन्दा सोमबरदेखि सवारी साधनमा इन्धन भर्न समस्या निम्तिएको उनीहरुको भनाइ छ । अहिले राजधनीमा पेट्रोल डिजलको अभाव सामना गर्नु परेको छ । मूल्य बढ्ने र बजेटको कारणले पनि पेट्रोलियमको सप्लाईमा प्रभाव परेको उनीहरु बताउछन् ।

किर्तीपुर बस्दै आएका दिलिप भट्टराईले आफ्नो बाइकको पेट्रोल सकेको र पेट्रोल भर्ने क्रममा २/४ ओटा पम्म धाए पनि पेट्रोल नपाएको बताए । उनले पछि भद्रकाली शैनिक पेट्रो पम्पमा आएर पेट्रोल भरेको बताए । सवारी चालकहरुले गाडीको लागि डिजल भर्न समेत केहीदिन अघिको तुलनामा बढी कुर्न परेको बताएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने पेट्रोलियम पदार्थको अभाव नरहेको बताए । बजारको माग अनुसार पेट्रोलियम पदार्थ आवश्यक पर्ने भएकोले निगमले पर्याप्त पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । उनको अनुसार अझै पनि बजारमा पेट्रोलियम पदार्थ व्यवस्थित हुन नसक्दा केही समस्या आउने गरेको स्वीकारे ।

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले पनि बजारमा अहिले पेट्रोलियम पदार्थको कुनै समस्या नरहेको बताए । ‘हामीले आवश्यक मात्रामा बजारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेका छौं,’ उनले भने ‘अभाव छैन ।’

त्यस्तै निगम तथा पेट्रोलियम व्यवसायीहरुले पेट्रोलियम पदार्थको घटबढ हुने मूल्य तथा बजेटको कारणले बजारमा अभाव ननिम्तिने जिकिर गरेका छन् ।

Share News