अब जुवाको कारोबार बैंकबाटै, जिते वा हारे पनि नगद लिनदिन नपाइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो व्यवसायलाई बैंकिङ कारोबारको दायरामा ल्याएको छ । केन्द्रीय बैंकले क्यासिनो इजाजत कारोबार, रिपोटिङ, खाता सञ्चालन र नगद ट्रान्सफरमा कडाइ गर्दै सम्पुर्ण क्यासिनो कारोबारलाई बैंकिङ प्रणालीको दायरामा ल्याएको हो । नयाँ व्यवस्थाअनुसार क्यासिनोमा जुवा खेल्ने खेलाडीले बाहिरबाट विदेशी मुद्रा ल्याउँदा बैंकिङ प्रणालीबाट र जितेर लैजाँदा पनि बैंकिङमार्फत कारोबार गर्नुपर्ने छ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो व्यवसायलाई बैंकिङ कारोबारको दायरामा ल्याएको छ । केन्द्रीय बैंकले क्यासिनो इजाजत कारोबार, रिपोटिङ, खाता सञ्चालन र नगद ट्रान्सफरमा कडाइ गर्दै सम्पुर्ण क्यासिनो कारोबारलाई बैंकिङ प्रणालीको दायरामा ल्याएको हो ।

नयाँ व्यवस्थाअनुसार क्यासिनोमा जुवा खेल्ने खेलाडीले बाहिरबाट विदेशी मुद्रा ल्याउँदा बैंकिङ प्रणालीबाट र जितेर लैजाँदा पनि बैंकिङमार्फत कारोबार गर्नुपर्ने छ । (नियम हेर्न यसमा क्लिक गर्नुहोस्)

बैंकमा खाता खोलेर आफनो रकम जम्मा गरेपछि प्रवेश भएको समय समेत लिएर रसिद काट्नुपर्ने व्यवस्था गरिएको छ । हालसम्म सिधै विदेशी मुद्रा लिने र खेल जित्नेले सिधै नगद विदेश लैजाने गरेकोमा अब क्यासिनोमा हुने हरेक कारोबार बैंकबाट मात्र गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले बताए ।

बैंकिङ प्रणालीमार्फत विदेशी मुद्राको कारोबार भएपछि सरकारले सिधै २५ प्रतिशत कर पनि पाउने र कारोबार पारदर्शी हुने उनको भनाई छ । अब राष्ट्र बैंक र कर कार्यालयले कुनै पनि बेला क्यासिनोमा छड्के गर्न सक्ने ढुङ्गानाले बताए । ढुङ्गानाका अनुसार विदेशबाट जुवा खेल्न सिधै नगद ल्याउन सक्ने, जितेमा वा बाँकी रकम फिर्ता लैजाने र क्यासिनोले डलर अपचलन गरेको पत्ता लागेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट विदेशी मुद्रा ल्याउन र लैजान नयाँ व्यवस्था गरिएको हो । कारोबार नदेखिँदा सरकारले करोडौं रुपैयाँ राजश्व गुमाउँदै आएको छ । अब जित्ने खेलाडीले नियमानुसार कर तिर्नुपर्छ ।

नयाँ व्यवस्थाअनुसार क्यासिनो खेलाडीले ५ हजार डलरसम्म नगदमै लिन सक्ने छन् । क्यासिनोले बैंकसँग सम्झौता गरी प्वाइन्ट अफ सेल (पीओएस) मार्फत विदेशी मुद्रा प्राप्त गर्न सक्ने छन् । क्यासिनो कारोबारबाट प्राप्त विदेशी मुद्रा भोलिपल्टसम्म आफनो बैंक खातामा जम्मा हुनुपर्ने छ ।

भारतबाट आउने क्यासिनो खेलाडीले भारुमा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । खातामा रकम जम्मा गर्ने र जितेको रकम बैंकमार्फत भुक्तानी गर्नुपर्ने छ ।

क्यासिनोहरुले भारतीय मुद्रा खातामा १० करोड र परिवत्र्य विदेशी मुद्राको २० लाख डलर मात्र मौज्दात राख्न पाउने छन् । सो भन्दा बढी भएमा नेपाली मुद्रामा रुकमान्तर गर्नुपर्ने र वाजी जितेको रकम सोही मौज्दात रकमबाट पठाउनुपर्छ ।

 

Share News