
काठमाडौं । सेयर बजार बढेको दिन दुई वाणिज्य बैंकको संस्थापक सेयर (प्रमोटर सेयर) बढी कारोबार भएको छ ।
सिटिजन्स बैंक र ग्लोबल आईएमई बैंकको संस्थापक सेयर बढी कारोबार
भएको हो । सोमबार दुई बैंकको ७ करोड ३१ लाख २६ हजार २४० रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । सोमबार कुल ४७ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सिटिजन्सको प्रतिकित्ता १५० रुपैयाँमा ५ करोड ६ लाख २२ हजार र ग्लोबलको १७६ रुपैयाँमा २ करोड २५ लाख ४ हजार २४० रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । दुई बैंकको संस्थापक सेयरले सोमबार कारोबार रकम बढाएको हो ।