सानिमा म्युचअल फण्डको प्रति इकाइ मूल्य १० रुपैयाँ १४ पैसा

<p>काठमाडौं । सानिमा बैंकले निष्कासन गरेको सानिमा म्युचअल फण्डको सम्पत्तिमा वृद्धि भएको छ । म्युचअल फण्डको प्रतिइकाई खुदमूल्य बढेर १० रुपैयाँ १४ पैसा पुगेको छ । अघिल्लो महिना ऋणात्मक अर्थात ९ रुपैयाँ ९३ प्रतिशत रहेकोमा बैशाखमा बढेको छ । सानिमा म्युचअलले १ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । म्युचअल फण्डको आकार १ [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले निष्कासन गरेको सानिमा म्युचअल फण्डको सम्पत्तिमा वृद्धि भएको छ ।

म्युचअल फण्डको प्रतिइकाई खुदमूल्य बढेर १० रुपैयाँ १४ पैसा पुगेको छ । अघिल्लो महिना ऋणात्मक अर्थात ९ रुपैयाँ ९३ प्रतिशत रहेकोमा बैशाखमा बढेको छ ।

सानिमा म्युचअलले १ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । म्युचअल फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ । सानिमाले विभिन्न बैंक तथा वित्तीय गरी ४१ कम्पनीमा २३ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ ।

म्युचअल फण्डको स्वमित्वमा ४ लाख ४५ हजार ६९७ कित्ता सेयर रेको छ । म्युचल फण्डको प्रवद्र्धन सानिमा बैंक र कोष व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गरेको छ।

Share News