बिहीबारकाे नेप्से दोहोरो अंकले घट्यो, ३७ करोडको सेयर कारोबार

<p>काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । लगातार ओरालो लागेको परिसूचक बिहीबार पनि १०.०५ अंकले घटेर १३१८ अंकमा अडेको छ । सो दिनको बजारमा कुल १६१ कम्पनीको ७ लाख ९१ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभरको बजारमा कूल ३७ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । लगातार ओरालो लागेको परिसूचक बिहीबार पनि १०.०५ अंकले घटेर १३१८ अंकमा अडेको छ ।

सो दिनको बजारमा कुल १६१ कम्पनीको ७ लाख ९१ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभरको बजारमा कूल ३७ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको २ करोड ३३ लाख रुपैयाँ सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ५६० रुपैयाँ रहेको छ ।

बिहीबार कारोबारमा आएका उत्पादनमूलक र ट्रेडिङ समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ६२ अंकले ओरालो लागेको छ ।

Share News