उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० हजार हातमा लिने बित्तिकै पक्राउ

<p>काठमाडौं । उप सचिव खगेन्द्र प्रसाद सुवेदी ५० घुस लिदाँलिदै पक्राउ परेका छन् । सुवेदीले विद्यालयमा योजना पारिदिने भन्दै ५० हजार घुस लिदै गर्दा पक्राउ परेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई, सुनसरी जिल्ला शिक्षा कार्यालयका समन्वय अधिकृत उपसचिवमा कार्यरत सुवेदीले भन्टावारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने प्रयोजनका लागि घुस मागेका थिए [&hellip;]</p>

काठमाडौं । उप सचिव खगेन्द्र प्रसाद सुवेदी ५० घुस लिदाँलिदै पक्राउ परेका छन् । सुवेदीले विद्यालयमा योजना पारिदिने भन्दै ५० हजार घुस लिदै गर्दा पक्राउ परेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई, सुनसरी जिल्ला शिक्षा कार्यालयका समन्वय अधिकृत उपसचिवमा कार्यरत सुवेदीले भन्टावारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने प्रयोजनका लागि घुस मागेका थिए ।

घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सुवेदीलाई पक्राउ गरेको हो ।

सुवेदीलाई सुनसरी, इनरुवा नगरपालिका स्थित निजको सरकारी निवासबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

Share News