पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग ६० तोला सुन, ३० केजी चाँदी

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग ठुलो परिमाणमा सुन र चाँदी रहेको छ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा उनीस‌ँग ६० तोला सुन र ३० केजी चाँदी रहेको देखिएको छ । त्यस्तै उनीसँग विभिन्न बैंकमा रहेको रकम, बैंक र हाइड्रो पावरको सेयर, कार, ल्यापटप लगायत गरी ७६ लाख ७८ हजार रुपैयाँ [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग ठुलो परिमाणमा सुन र चाँदी रहेको छ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा उनीस‌ँग ६० तोला सुन र ३० केजी चाँदी रहेको देखिएको छ ।

त्यस्तै उनीसँग विभिन्न बैंकमा रहेको रकम, बैंक र हाइड्रो पावरको सेयर, कार, ल्यापटप लगायत गरी ७६ लाख ७८ हजार रुपैयाँ बराबरकाे नगद तथा भाैतिक सम्पत्ति रहेको देखिएको हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको जानकारी अनुसार उनीसँग करिब सय रोपनी पैत्रिक जग्गा रहेको देखिन्छ । ती जग्गाहरु पोखरास्थित कास्कीको लेखनाथ नगरपालिकामा पर्दछ ।

Share News