सामसङको ‘जे२ २०१८’ मोबाइल नेपाली बजारमा, मूल्य साढे १४ हजार पर्ने

<p>काठमाडाैं । नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित भएको सामसङ मोबाइलको जे सिरिज अन्तर्गत हालै ‘जे२ २०१८’ मोबाइल नेपाली बजारमा सार्वजनिक गरको छ । विभिन्न विशेषता भएको उक्त मोबाइलको मूल्य १४ हजार ५९० रुपैयाँ पर्ने छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रगमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपड्रैगन प्रोसेर, २ जिबि र्याम [&hellip;]</p>

काठमाडाैं । नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित भएको सामसङ मोबाइलको जे सिरिज अन्तर्गत हालै ‘जे२ २०१८’ मोबाइल नेपाली बजारमा सार्वजनिक गरको छ । विभिन्न विशेषता भएको उक्त मोबाइलको मूल्य १४ हजार ५९० रुपैयाँ पर्ने छ ।

मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रगमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपड्रैगन प्रोसेर, २ जिबि र्याम तथा १६ जिबी इन्टरनल मेमोरिका साथ उपलब्ध रहेको छ । स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको कम्पनीले जनाएको छ ।

यसबाट ग्यालेक्सी जे२ २०१८ सेटमा मेमोरी सेविङ्गफिचर रहेको छ यसबाटसोसल मिडिया एप्लिकेशनका सामग्रहीहरुलाई सिधै मेमोरी कार्डमा राख्न सकिने छ ।

सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले यो सेटमा रहेको मुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रगोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्ने बताए ।
ग्यालेक्सी जे२ २०१८मा ५.० इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० एमएएच व्याट्री रहेको छ । यसमा भएका विशेषताहरुले गर्दा प्रयोगकर्ताहरुलाई शानदार अनुभव प्रदान गर्नेछ ।

एलइडि प्ल्यासको साथ ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा जे२ २०१८ मोबाइलमा रहेको छ । यसले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट एवं सफा फोटो खिच्न सक्दछ ।

Share News