काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ७०औं शाखा धनकुटा जिल्लाको राजारानीमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र चौबिसे गाँउपालिकाका अध्यक्ष खजिन्द्र राईले संयुक्त रुपमा गरेका छन् ।
हाल बैंकले यस शाखा सहित बैंकले ७० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।