स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी, मूल्य २० लाख बढी पर्ने

<p>काठमाडौं । केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । यो टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस [&hellip;]</p>

काठमाडौं । केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ ।

यो टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलईडी टिभीभन्दा निकै राम्रो रहेको छ । साथै, यो टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ ।


यस टिभीको बजार मूल्य २० लाख रुपैयाँ भन्दा माथि पर्ने कम्पनीले जनाएको छ । स्काईवर्थको गुगल एन्ड्रोइड टिभी र मल्टि फङ्सनल टी टेबल पनि पनि सार्वजनिक गरिएको थियो ।

त्यस्तै, मल्लि फङ्सनल टी टेबल, टेबल मात्र नभई रेफ्रिजेरेटर, साउण्ड बक्स, मोबाइल चार्जिङ् यूनिट जस्ता विविध प्रविधिहरु एउटै टेबल मा उपलब्ध भएको समार्ट टेबल हो ।

साथै, स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्तर्गत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने कम्पनीले जनाएको छ ।

 

Share News