काठमाडौं । गण्डकी विकास बैंकले दाङ्गको घोराही र चितवनको पर्सामा थप शाखा विस्तार गरेको छ । बैंकको घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र पर्सा शाखाको उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले गरेका छन् ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ र कर्जा १८ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले ५९ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सेवा दिने भएको छ । साथै, बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशबाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।