२८ वाणिज्य बैंकले कृषि तथा ऊर्जामा गरे ४५४ अर्ब लगानी, सबैभन्दा बढी एनएमबीको

<p>काठमाडौं । वाणिज्य बैंकहरुले कृषि तथा जलस्रोतमा कुल कर्जाको २२.६७ प्रतिशत लगानी गरेका छन् । गत चैत अन्तसम्म २८ वाणिज्य बैंकले कृषि तथा ऊर्जामा गरी ४ खर्ब ५४ अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले कृषि तथा ऊर्जामा न्युनतम् २५ प्रतिशत लगानी गर्नुपर्ने वाध्यकारी व्यवस्था ल्याएपछि बैंकको लगानी यस क्षेत्रमा बढेको [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले कृषि तथा जलस्रोतमा कुल कर्जाको २२.६७ प्रतिशत लगानी गरेका छन् । गत चैत अन्तसम्म २८ वाणिज्य बैंकले कृषि तथा ऊर्जामा गरी ४ खर्ब ५४ अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले कृषि तथा ऊर्जामा न्युनतम् २५ प्रतिशत लगानी गर्नुपर्ने वाध्यकारी व्यवस्था ल्याएपछि बैंकको लगानी यस क्षेत्रमा बढेको हो । यद्यपी तोकिएको लक्ष्यमा अधिकांश बैंक पुग्न सकेका छैनन् । हालसम्म २८ वाणिज्य बैंकले २० खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सरकारी स्वामित्वका कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको औसत २५.५४ प्रतिशत कर्जा लगानी गरेका छन् ।

कृषि तथा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी गर्नेमा एनएमबी बैंकको रहेको छ । एनएमबीले कुल कर्जाको ३९.३४ प्रतिशत लगानी गरेको छ । एनएमबीले केन्द्रीय बैंकले तोकेको भन्दा झण्डै २० प्रतिशत लगानी गरेको छ । यसपछि बढी लगानी गर्नेमा सरकार स्वामित्वको कृषि विकास बैंक रहेको छ । बैंकले कुल कर्जाको ३५.११ प्रतिशत लगानी गरेको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको २९.८७, सनराइज बैंकको २९ प्रतिशत, हिमालयन बैंकको २७ प्रतिशत छ ।

सबैभन्दा कम लगानी गर्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । नेपाल बंगलादेशको ०.२९ प्रतिशत मात्र रहेको केन्द्रीय बैंकले जनाएको छ । सरकार स्वामित्वको नेपाल बैंकको २१.५ र राष्ट्रिय वाणिज्यको २० प्रतिशत लगानी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । नविल बैंकको २४.३३, स्ट्याण्डर्ड चाटर्ड बैंकको १४.६९, मेगा बैंकको २५.३३ प्रतिशत रहेको छ ।

बैंकले राष्ट्र बैंकले तोकेको प्राथमिक क्षेत्रमा ३५ प्रतिशत कर्जा लगानी गरेका छन् । गत चैतसम्म २८ वाणिज्य बैंकले ७ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उत्पादनमुलक भन्नाले उद्योग, साना तथा घरेलु उद्योग, पर्यटन, कृषि र ऊर्जा लगायत छन् ।

कुन बैंकको कति लगानी ?

Share News