काठमाडौं । एनआईसी एशिया बैंकले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठाैं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि उक्त बैंकिङ सेवा सञ्चालन गरेको हो ।
बैंकको अनुसार शाखा आइतबारदेखि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको उद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डल द्वयले संयुक्त रुपमा गरेका थिए ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लागयतयको सुविधा पाउने बताइएको छ ।
मुलुकभर हाल बैंकले २१६ शाखा कार्यालयहरु, २०३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।