काठमाडौं । तपाई घरजग्गा किन्न वा बेच्न चाहानु हुन्छ ? तपाईले अझैसम्म उपयुत्त घरजग्गा बेच्न र किन्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईको समस्या समधान गर्न राजधानीको भृकुटीमण्डपमा सातौ घरजग्गा मेलाको आयोजना हुने भएको छ ।
मेलामा ५ लाखदेखि ५ करोड रुर्पैयाँ सम्मको घरजग्गा किन्न, बेच्न र बनाउन चाहनेलाई लक्षित गर्दै घर जग्गा मेला शुरु हुन लागेको हो। मेलाले आधुनिक घर निर्माण परामर्श दिने छ । मेलामा घर निर्माण कसरी गर्ने ? कुन सामाग्री प्रयोग गर्ने सस्तो घर कसरी निर्माण गर्ने महंगो घर कसरी निर्माण गर्ने लगायत विषयमा परामर्श हुनेछ ।
घर किन्ने, बेच्ने र बनाउन चाहने सबैलाई मेला महत्वपुर्ण हुने नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले बताए । उनले सरकारले सरकारले जग्गा कित्ताकाटमा रोक लगाएकाप्रति असन्तुस्टी व्यक्त गर्दै उनले प्रश्न गरे अग्ला भवन पनि बनाउन नदिने जग्गा कित्ताकाटमा पनि रोक लगाउने यसरी जनताको आवास सपना कसरी पुरा हुन्छ ?
श्रेष्ठले मेलामा हाउजिङदेखि जग्गाका सबै प्रकारका कारोबारमा बैंकको सेवा सुविधाबारे पनि परामर्श हने जानकारी दिए । कार्यक्रममा नेपाल इन्जिनियर एशोसियसनका अध्यक्ष हरिराम श्रेष्ठले नेपाली इन्जिनियरले पनि ठुला बहुतले भवन निर्माण गर्न सक्ने बताए ।
मेला असार १ देखि ५ सम्म हने आयोजकले जनाएको छ । मेलामा करिब १ लाख जनाले अबलोकन गर्ने अनुमान गरिएको छ ।