थप ५ नयाँ स्थानमा माछापुच्छ्रेले शुरु गर्यो बैंकिङ सेवा

<p>काठमाडौं । मंगलबारदेखि १० नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको माछापुच्छ्रे बैंक लिमिटेडले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखारहित बै‌ंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले आइतबारदेखि सुनसरीको धरान उप–महानगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा [&hellip;]</p>

काठमाडौं । मंगलबारदेखि १० नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको माछापुच्छ्रे बैंक लिमिटेडले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखारहित बै‌ंकिङ सेवाको सुरुवात गरेको छ ।

बैंकले आइतबारदेखि सुनसरीको धरान उप–महानगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ ।

त्यस्तै बैंकले कञ्चनपुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व रुपैयाँ निक्षेप परिचालन गरी रु. ६२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिएको छ ।

उक्त शाखाहरु समेत गरी बैंकले मुलुकभर ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा सञ्चालन गरेको छ । १०० स्थानबाट ग्राहक बैंकिङ सुबिधा प्रदान गरीरहेको बैंकले देशभर ८८ वटा एटीएमहरु सञ्चालनमा ल्याएको बताएकाे छ ।

Share News