धनगढीमा गण्डकी विकास बैंकको शाखा उद्घाटन

<p>काठमाडौं । गण्डकी विकास बैकको कैलाली स्थित धनगढी शाखाको औपचारिक उद्घाटन प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबीच गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बै‌कका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए । बैंकले सञ्चानल गरेको उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैकको कैलाली स्थित धनगढी शाखाको औपचारिक उद्घाटन प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबीच गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बै‌कका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए ।

बैंकले सञ्चानल गरेको उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुनिक बैंकिङ सेवा प्रदान गरिदै आएको छ ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप रु. २० अर्ब ४३ करोड पुर्याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पुर्याएको बै‌ककाे भनाइ छ ।

बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेकाे छ ।

 

Share News