निजगढ विमानस्थल निर्माण अघि बढाउने, एक बर्षमा भैरहवा र तीन बर्षमा पोखरा विमानस्थल तयार पार्ने

<p>काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रै निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत निजगढ विमानस्थलको निर्माणलाई तिब्रता दिने बताएको हो । त्यस बाहेक आगामी एक बर्षभित्रै भैरहवा विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तथा पोखरा विमानस्थलको निर्माण आगामी ३ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले निर्धारण [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रै निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत निजगढ विमानस्थलको निर्माणलाई तिब्रता दिने बताएको हो ।

त्यस बाहेक आगामी एक बर्षभित्रै भैरहवा विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तथा पोखरा विमानस्थलको निर्माण आगामी ३ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले निर्धारण गरेको छ ।

त्यस बाहेक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार तथा क्षमता अभिवृद्धि र देशभै भरका आन्तरिक विमानस्थलहरुमा कालोपत्रे गर्दै जाने योजना पनि अघि सारिएको छ ।

Share News