घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने सेवा तथा वस्तुको आयातमा रोक

<p>काठमाडौं । सरकारले घरेलु अर्थतन्त्रमा नकारात्मक असर गर्ने सेवा तथा वस्तुहरुको आयातमा रोक लगाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत आयातमा कडाई गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ–आगामी आर्थिक बर्षदेखि जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने र घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने बस्तु तथा सेवाको [&hellip;]</p>

काठमाडौं । सरकारले घरेलु अर्थतन्त्रमा नकारात्मक असर गर्ने सेवा तथा वस्तुहरुको आयातमा रोक लगाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत आयातमा कडाई गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ–आगामी आर्थिक बर्षदेखि जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने र घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने बस्तु तथा सेवाको आयातमा रोक लगाउने नीति लिइनेछ ।’

सरकारले अब रक्सी, चुरोट, खैनी, मेकअपका समान, बिलासिताका सवारी साधन लगायतको आयातलाई प्रतिस्थापन गर्ने योजना अघि सार्न लागेको हो । आयात वृद्धि तथा निकासीमा भारी गिरावट आउन थालेपछि सरकारले घरेलु उद्योग संरक्षणका लागि यस्तो कदम चाल्न लागेको हो । आयातमा भएको वृद्धिले व्यापार घाटा चुलिएको छ ।

Share News