सी–आस्वामा समस्या आएपछि धितोपत्र बोर्डले सीडीएसलाई सुधार्न दियो निर्देशन

<p>काठमाडौं । धितोपत्र बोर्डले सार्वजनिक निस्काशनमा (सी–आस्वा) प्रणालीलाई प्रभावकारी बनाउन सीडीएस क्लियरिङ हाउस लिमिटेडलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयर मा समय समयमा सम्पर्क टुट्ने र प्रणाली नै ह्याङ हुने भएपछि बोर्डले आइतबार यसलाई सुधार्न आवश्यक सयन्त्रको विकास गर्न सुझाएको हो । क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु [&hellip;]</p>

काठमाडौं । धितोपत्र बोर्डले सार्वजनिक निस्काशनमा (सी–आस्वा) प्रणालीलाई प्रभावकारी बनाउन सीडीएस क्लियरिङ हाउस लिमिटेडलाई निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयर मा समय समयमा सम्पर्क टुट्ने र प्रणाली नै ह्याङ हुने भएपछि बोर्डले आइतबार यसलाई सुधार्न आवश्यक सयन्त्रको विकास गर्न सुझाएको हो ।

क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास, सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै जानकारी गराउने संयन्त्रको विकास गर्न बोर्डले सीडीएसलाई निर्देशन दिएको छ ।

यस्तै सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने, सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्न भनेको छ ।

 

Share News