अघि बढ्यो नागढुंगा-धुलिखेल मेट्रो रेलः विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर

<p>काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण सम्बन्धी प्रक्रिया औपचारिक रुपमै अघि बढेको छ । लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गरेको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा २०७४ कात्तिक २७ गते बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण सम्बन्धी प्रक्रिया औपचारिक रुपमै अघि बढेको छ । लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गरेको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा २०७४ कात्तिक २७ गते बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने निर्णय गरेको थियो ।

बोर्डले सोही निर्णयका आधारमा बिहिबार विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर निकालेको हो । आगामी तीन साता भित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्नेछ । बोर्डले विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने जिम्मा पाएको छ ।  लगानी बोर्डले नै गठन गरेको राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल मेट्रो रेल बनाउन सकिने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बोर्डले ग्लोबल टेण्डर निकालेको हो । विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा अन्तराष्ट्रिय कम्पनीको खोजि हुनेछ ।

लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल खण्डमा मेट्रो रेल निर्माण प्रक्रिया अघि बढाउने र दोश्रो चरणमा बुढानिलकण्ठ सातदोबाटो हुँदै फास्ट ट्रयाक स्टेशनसम्म अर्काे लाइन निर्माण गरिने बताए । मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कल लागत १८० अर्ब पुग्नेछ । जमिनमाथी पुल निर्माण गरेर मेट्रो रेल सञ्चालन गरिनेछ ।

‘एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो’, वाग्लेले भने । मेट्रो रेलहरु व्यवसायीक रुपले सञ्चालन गर्न कठिन हुनेगरेको छ । त्यसैले मेट्रो रेल सञ्चालनको जिम्मेवारी पाउने कम्पनीलाई नेपाल सरकारले केहि अनुदान वा सहुलियतको सुबिधा उपलब्ध गराउनेछ । ‘मेट्रो रेल निर्माण, सञ्चालन र हस्तान्तरण मोडलमा अघि बढ्छ, त्यसका लागि निर्माण कर्ता कम्पनीलाई केहि अनुदान वा सहुलियत प्रदा गर्नेछ, त्यसको मोडालिटी कस्तो हुने भन्नेबारे भने बोर्डले थप अध्ययन गर्नेछ ।’, वाग्लले भने ।

उपत्यकामा मेट्रो रेल निर्माणका लागि कोरियाली, जापानी तथा केहि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । उनीहरुले केहि बर्ष पहिले नै मेट्रो रेल निर्माणका लागि भन्दै रेल विभागमा आसय पत्र बुझाएका थिए ।

Share News