विदेशी मुद्रा संचिति घट्यो, ९.७ महिनाको आयात मात्र धान्ने

<p>काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्रा संचिती १.४ प्रतिशत घटेको छ । गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति गत चैतमा ह्रास आई १० खर्ब ६४ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ । यसमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । नौ महिनाको आयातलाई [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्रा संचिती १.४ प्रतिशत घटेको छ । गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति गत चैतमा ह्रास आई १० खर्ब ६४ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ । यसमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ ।

नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । संचिती घटेका कारण वस्तु आयात महिना पनि घटेको हो ।

Share News